असत्य बोल्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावले काम गराैं : प्रधानमन्त्री ओली

हिमाल प्रेस १४ भदौ २०८१ ११:१२
8
SHARES
असत्य बोल्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावले काम गराैं : प्रधानमन्त्री ओली केपी ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन्। जीवन विज्ञान संस्थाद्वारा संघीय सांसदहरूका लागि आज आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताए। प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे।

‘म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ। योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ। त्यसैले योगलाई विशेष महत्त्व दिनुपर्छ।‍’

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न पार्टीका नेताहरू, सांसदहरूको सहभागिता थियो। सहभागीलाई रमेश नेपालले योगाभ्यास गराएका थिए।

प्रकाशित: १४ भदौ २०८१ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =