माैसम : आज यी प्रदेशमा वर्षाकाे सम्भावना

हिमाल प्रेस १४ भदौ २०८१ ६:५२
18
SHARES
माैसम : आज यी प्रदेशमा वर्षाकाे सम्भावना फाइल तस्बिर।

काठमाडौँ- जल तथा माैसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको विभागकाे भनाइ छ। जसकारण अहिले सातै प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसाे कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक‍-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीकाे बहाब, बाढीपहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

प्रकाशित: १४ भदौ २०८१ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =