रास्वपा सांसद डीपी अर्यालले गरे क्यानका महानिर्देशकको निलम्बनको माग

हिमाल प्रेस १३ भदौ २०८१ १८:१४
26
SHARES
रास्वपा सांसद डीपी अर्यालले गरे क्यानका महानिर्देशकको निलम्बनको माग

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गर्नुपर्ने माग गरेका छन्। बिहीबार संसद् बैठकमा हवाई क्षेत्रको दुर्घटनालाई मध्यनजर गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन्।

‘क्यानका डीजीको कार्यकालमा हालसम्म हवाई दुर्घटनामा १०० भन्दा बढीको ज्यान गएको छ। र, सातौँ दुर्घटना भइसकेको छ,’ उनले भने, ‘यति हुँदासम्म नैतिकताका आधारमा उहाँले राजीनामा दिनुपर्ने होइन रुतर उहाँ लाज पचाएरै भए पनि बसिरहनु भएको छ। यस्तो अवस्थामा सरकारले असक्षम डीजीलाई तत्काल निलम्बन गरी कारबाही गर्न सक्नुपर्छ।’

उनले आफैं नियामक निकाय अनि आफैं सेवा प्रदायक हुँदा क्यानको भूमिकामा पनि प्रश्न चिह्न खडा भइरहेको बताए। ‘हवाई सुरक्षा माथि यत्तिका प्रश्नहरू खडा हुँदा र चुनौती देख्दादेख्दै नेपाल सरकारले अहिलेसम्म हवाईसम्बन्धी विद्यमान पुराना कानूनको किन पुनरावलोकन गर्दैन? किन नियमनकारी निकायलाई प्रभावकारी बनाउन चासो गर्दैन?,’ उनले भने, ‘किन हवाई सुरक्षालाई बलियो बनाउन संयन्त्रमा सुधार गर्नतिर अग्रसर छैन रु यी प्रश्नहरुले नेपालको हवाईसेवा सम्बन्धी व्यवसायलाई सरकारले कमिसन र भ्रष्टाचारको स्रोत बनाइरहेको छ भन्ने पुष्टि गर्दैन र? हालको नेपाल वायु सेवाको अवस्थाले पनि यही पुष्टि गर्छ।’

उनले अब नागरिक उडड्यन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायकका रुपमा छुट्याउन ढिला गर्न नहुने बताए।

प्रकाशित: १३ भदौ २०८१ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =