सुदूरपश्चिम संसदीय दलको नेता खगराजलाई बनाउन प्रचण्डले दिए चौँथोपटक निर्देशन

हिमाल प्रेस १३ भदौ २०८१ १५:४१
14
SHARES
सुदूरपश्चिम संसदीय दलको नेता खगराजलाई बनाउन प्रचण्डले दिए चौँथोपटक निर्देशन खगराज भट्ट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिममा संसदीय दलको नेता खगराज भट्टलाई बनाउन चौथोपटक निर्देशन दिएका छन्। धनगढीमा बसेकाे पार्टीकाे परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले तत्काल खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका हुन्।

`यसअघि नै अध्यक्ष र महासचिवबाट खगराजलाई दलको नेता बनाउन सर्कुलर भइसकेको हो,´ अध्यक्ष प्रचण्डले भने, `उक्त सर्कुलर तत्काल कार्यान्वयन हुन्छ। त्यसका लागि यो बैठकले निर्देशनात्मक निर्णय पनि गरेको छ।´

अब दलको बैठकबाट खगराजलाई दलको नेता बनाउने निर्णय गरिने बताइएको छ। १२ माघ २०८०देखि नेकपा माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलमा विवाद छ। सो दिन ११ जना सदस्य रहेको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो।

बहुमत सदस्यहरूले त्यतिबेला प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेका थिए। भट्टलाई संसदीय दल नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए।

त्यसको ५ महिनापछि असार पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए। उनले पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्द बनाउन निर्देशन दिएका थिए।

त्यसपछि प्रचण्डले लिखित रूपमै खगराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए। २ भदौमा नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएका थिए। तर, प्रचण्डको निर्देशन सुदूरपश्चिमका सांसदले टेरेका थिएनन्।

प्रकाशित: १३ भदौ २०८१ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =