सांसद देवेन्द्र पौडेलको प्रश्न : माओवादीलाई दिनदिनै टोकेर के गर्न खोजेको?

हिमाल प्रेस १३ भदौ २०८१ १५:३९
18
SHARES
सांसद देवेन्द्र पौडेलको प्रश्न : माओवादीलाई दिनदिनै टोकेर के गर्न खोजेको? देवेन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ– माओवादी केन्द्रका सांसद देवेन्द्र पौडैलले हरेक दिन संसदमा एकै विषयमा टोकेर के गर्न खोजेको भन्ने प्रश्न गरेका छन्। बिहीबारको प्रतिनिधिसभा विशेष समयमा बोल्दै उनले ६१ उद्योगले डेडिकेटेड र ट्रंक लाइनको महसुल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतिर भनेको हो भने बहस गर्न आफूहरू तयार रहेको बताए।

‘पूर्वप्रमले नतिर भनेको भए छाती खोलेर बहस गर्न तयार छौँ। आजभन्दा ८ वर्ष पहिले हिउँदमा १८ घण्टा बर्खा ९ घण्टा लोडसेडिङ थियो। आजको दिनमा १३ करोड ११ लाखको विद्युत् निर्यात हुन्छ,’ उनले भने, ‘अनि माओवादीलाई आज पनि टोकेको छ, भोलि पनि पर्सी पनि टोकेको छ, के गर्न खोजेको हो?’

एमाले सांसद गोकुल बाँस्कोटाले बिहीबारको बैठकमा प्राधिकरणको बक्यौता उठाउन रोक्ने काम प्रचण्डले नै गरेको आरोप लगाए। उनले तत्कालीन अवस्थामा सरकारका रहँदा प्रचण्डले नै दुईवटा पत्र लेखेर बक्यौता उठाउन रोकेको दाबी गरेका थिए।

प्रकाशित: १३ भदौ २०८१ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =