प्रचण्डलाई शिक्षामन्त्रीको जवाफ : विश्वविद्यालयमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप छैन

हिमाल प्रेस १३ भदौ २०८१ १४:४६
14
SHARES
प्रचण्डलाई शिक्षामन्त्रीको जवाफ : विश्वविद्यालयमा प्रधानमन्त्रीको कुनै हस्तक्षेप छैन शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

काठमाडौँ- शिक्षामन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा प्रधानमन्त्रीको हस्तक्षेप नभएको बताएकी छन्। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामन्त्रीमार्फत हस्तक्षेपका लागि गुहारेको आरोपप्रति आजको प्रतिनिधिसभाबाट जवाफ फर्काइन्।

‘प्रधानमन्त्रीबाट निर्देशन दिनेबाहेक अहिले कुनै पनि विश्वविद्यालयमा हस्तक्षेप भएको छैन। मैले पनि प्रधानमन्त्रीलाई हस्ताक्षेपका लागि गुहारेको छैन,’ उनले भनिन्।

उनले कानुनबमोजिम प्रधानमन्त्री र मन्त्रीले निर्देशन दिने काम संयुक्त रूपमा गर्ने गरेको बताइन्। विश्वविद्यालयको व्यवस्थापकीय कार्यक्रममा सरकारले हस्तक्षेप नगर्ने भनाइ उनको छ। मन्त्री भट्टराईले थपिन्, “तर, हामीले राजनीतिक प्रतिबद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्वीकार्ने हो भने हस्तक्षेपकारी अवस्थामा पुग्छन्। दबाबमा पुग्छन्।”

प्रकाशित: १३ भदौ २०८१ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =