काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व भड्किलो ढंगले नमनाउन अपिल गर्दै अनावश्यक तडकभडक र खर्चिलो कार्यक्रम गरेरगराए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ को ख्याल गर्न भनेको छ ।
‘कोही कसैले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिजका कार्यक्रमहरुको आयोजना गरे र गराएमा त्यस्ता गतिविधिहरुको निगरानी गरी कानून बमोजिम कारवाही हुने व्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइएको छ’ सूचनामा छ।
प्रकाशित: १३ भदौ २०८१ १३:१२
प्रतिक्रिया