आरजु राणालाई प्रश्न : तपाईं पहिलो महिला प्रधानमन्त्री हुन लाग्नुभएको हो?

हिमाल प्रेस १३ भदौ २०८१ १२:११
22
SHARES
आरजु राणालाई प्रश्न : तपाईं पहिलो महिला प्रधानमन्त्री हुन लाग्नुभएको हो?

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नभएको बताएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई प्रधानमन्त्री बनाउन चाहन्छु भन्नुभएको र धेरैले तपाईं बन्नुहुन्छ भनेर अनुमान गरेका छन् नी भन्ने पत्रकारको जिज्ञासामा उनले यस्तो बताएकी हुन्।

‘बाहिर मेरोबारे जेजस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु,’ धगढी पुगेकी उनले भनिन्, ‘ प्रधानमन्त्रीज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभाको होला।’

उनले दुई ठूला दल मिलेर सरकार बन्नु कुनै अनौठो नभएको पनि बताइन्। ‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ,सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको स्थिर सरकार बनेको हो,’ उनले भनिन्,‘स्थिर सरकारकै लागि हामी मिलेका हौँ।’ मन्त्री राणाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन्।

तर,संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो। परराष्ट्रमन्त्री बनेको छोटो समयमै नेपाललाई सबै देशले सहयोग गर्न चाहेको कुरा आफूलाई लागेको मन्त्री राणाको भनाइ थियो।

‘सबै देश नेपालप्रति सकारात्मक छन्,उनले भनिन्,‘तर विगतमा हाम्रोतर्फ केही कमजोरी भएका रहेछन्। अब ती कमजोरीलाई सुधार गर्नतर्फ लाग्छौँ।’

प्रकाशित: १३ भदौ २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =