म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस १३ भदौ २०८१ ११:५४
20
SHARES
म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण केपी ओली

दमौली- तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन्। नेकपा एमाले सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्र ओलीसँग भेट गरी म्याग्दे गाउँपालिकाको विकासका लागि प्रधानमन्त्रीसँग विभिन्न मागहरू पेस गरेका हुन्।

नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य एवं म्याग्देका युवा नेताहरू बसन थापा, शङ्कर रानभाट, सुरेन्द्र अधिकारी, निर्मला वाग्लेलगायतका युवा सम्मिलित युवा प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग म्याग्दे गाउँपालिका–३ र ऋषिङ गाउँपालिका–७ जोड्न सेती नदीमा पक्की पुल, म्याग्दे गाउँपालिका वडा नम्बर २ मा सांस्कृतिक सङ्ग्रहालय र मुल बाराही मन्दिर निर्माणका लागि बजेट व्यवस्था गरिदिन अनुरोध गरेका हुन्।

त्यसैगरी म्याग्दे वडा नम्बर २ को निर्मलबस्तीमा खेल मैदान निर्माणसहित ल्याण्डफिल्ड साइट योजनालाई बजेट विनियोजन गर्न र वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने पक्की पुल निर्माण गर्न प्रधानमन्त्रीसँग माग गरिएको नेकपा एमाले म्याग्दे गाउँ कमिटीका सचिव सन्दीप रानाभाटले जानकारी दिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले मागको बारेमा सम्बन्धित मन्त्रीहरूलाई जानकारी गराई बजेट व्यवस्थाका लागि निर्देशन दिने आश्वासन दिएको रानाभाटले बताए।

सो टोलीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग समेत भेट गरी तनहुँ जिल्लाको विकास निर्माणका लागि ध्यान दिन आग्रह गरेको थियो।

प्रकाशित: १३ भदौ २०८१ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =