प्रधानमन्त्री ओलीको निर्देशन : दशरथ रंगशाला उत्कृष्ट बनाउनू

हिमाल प्रेस १३ भदौ २०८१ ११:५०
18
SHARES
प्रधानमन्त्री ओलीको निर्देशन : दशरथ रंगशाला उत्कृष्ट बनाउनू केपी ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूका लागि भौतिक पूर्वाधारसहितका सेवा सुविधाहरू वृद्धि गर्न सरकारले अधिकतम ध्यान दिने प्रतिबद्धता जनाएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा महिला भलिबल खेलाडीहरूको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशको अर्थतन्त्रको स्थिति राम्रो नरहेकाले सकेसम्म खेलाडीहरूका लागि सेवा सुविधा वृद्धि गर्ने कुरामा ध्यान दिने बताए।

भलिबल टिमका लागि एउटा कभर्ड हलको आवश्यकता रहेको कुरा खेलाडीहरू स्वयंले पनि बताइसकेको भन्दै सरकारले आवश्यक ध्यान दिई काम गरिरहेको उल्लेख गरे।

उनले हरेक प्रदेश र जिल्ला-जिल्लामा एउटा एउटा कभर्ड हल भएको खण्डमा खेलाडीहरूलाई अभ्यास गर्न सहज हुनेगरी सरकारले काम अघि बढाइरहेको बताए।

प्रधानमन्त्री ओलीले दशरथ रंगशालाको अवस्थाका कारण देशकै बेइज्जत भएको बताए। केही समयअघि भूटानको पारोसँगको खेलमा दशरथ रंगशालाको अवस्थाले देशको बेइज्जत भएको भन्दै दशरथ रंगशालाको आवश्यक निर्माण काम उत्कृष्ट ढंगले सम्पन्न गर्न निर्देशन दिए।

उनले खेल मैदान धेरै बिग्रिएकाले देशकै बेइज्जत हुने खालको स्थिति नहुने गरी रंगशाला निर्माण गर्न आग्रह गरे। उनले दर्शकलाई देखाउने गरीको खेल खेल्न २५ हजार दर्शक क्षमताको रंगशाला अपरिहार्य रहेको भन्दै मैदान चुस्त, दुरुस्त बनाउन आग्रह गरे। प्रधानमन्त्री ओलीले मैदानको दुरुपयोग नगर्न पनि आग्रह गरे।

प्रधानमन्त्री ओलीले १०औं राष्ट्रिय खेलकुद खेलाउँदा दशरथ रंगशाला चुस्त दुरुस्त बनाउन सक्नुपर्ने बताए। उनले आजबाटै मैदान उत्कृष्ट बनाउन शुरु गर्न निर्देशन दिए।

प्रकाशित: १३ भदौ २०८१ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fourteen =