नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन

हिमाल प्रेस १२ भदौ २०८१ १६:३६
24
SHARES
नेपाललाई हराउँदै बंगलादेश बन्यो च्याम्पियन

काठमाडौँ- घरेलु टोली नेपाललाई ४-१ ले पराजित गर्दै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ तथा पियस नोभा र हुसेन राहुलले १-१ गोल गरे। नेपालका लागि समीर तामाङले एक गोल फर्काए।

नेपालले भुटान र बंगलादेशले साविक विजेता भारतलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए।

प्रकाशित: १२ भदौ २०८१ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =