आईजीपी कुँवरले भने : एकजना डीआईजीको बैंक खाता चेक गर्दै कारबाही गर्दैछौँ

हिमाल प्रेस १२ भदौ २०८१ १६:११
1.5k
SHARES
आईजीपी कुँवरले भने : एकजना डीआईजीको बैंक खाता चेक गर्दै कारबाही गर्दैछौँ आईजीपी बसन्तबहादुर कुँवर

काठमाडौँ– नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्तबहादुर कुँवरले भ्रष्टाचारमा संलग्न प्रहरीकै एक डीआईजीको बैंक खाता जाँच गर्न लागेको बताएका छन्। आज बुधबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नयाँ भवनको उद्घाटन कार्यक्रममा कुँवरले नेपाल प्रहरीका कर्मचारी, परिवार र उनीहरूसँगका नजिकका व्यक्तिको बैंक खाता चेक हुने बताएका हुन्।

‘धेरै कमाउने लोभमा भएका प्रहरीका विभिन्न दर्जाका अधिकृतदेखि डीआईजीसम्मको करप्सनमा कारबाही गर्दैछौँ। हामीले आन्तरिक अध्ययन गरिरहेकै छौँ,’कुँवरले भने, ‘तपाईंहरू सबैले बुझ्नुस्। कोको हुनुहुन्छ यसरी कमाउ धन्दामा लाग्ने, यस्ता धन्दामा सहयोग गर्ने म म भन्नुस्। हामीले प्रहरीको, उसका परिवारका सदस्यको र प्रहरीका नजिकका आफन्त तथा साथीभाइको बैंक खाता अध्ययन गर्दैछौँ।’

उनले भ्रष्टाचार मुद्दामा एक डीआईजी फस्न लागेको पनि बताए। उनले डीआईजीको नाम उल्लेख नगरी भने,’करप्सनमा एकजना डीआईजी फस्दै हुनुहुन्छ,’ उनले भने, ‘अनुसन्धानले गति लिइरहेको छ। हामीले अहिले धेरै ठाउँको एसपीहरू किन तानिरहेका छौँ भन्ने कुरा म यहाँ भन्न चाहन्छु। यसको कारण अरु केही होइन करप्सनमात्रै हो।’

उनले प्रहरी तथा ट्राफिक प्रहरी धेरै जसोले तराईका जिल्ला, त्यो पनि नपाए नाका क्षेत्र र त्यो पनि नपाए दुर्गम क्षेत्रमात्रै जान खोजिरहनुको कारण पनि भ्रष्टाचार नै भएको दाबी गरे।

प्रकाशित: १२ भदौ २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =