माओवादीले भन्यो : भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन

हिमाल प्रेस १२ भदौ २०८१ १५:२३
6
SHARES
माओवादीले भन्यो : भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नु हुँदैन हितराज पाण्डे। फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारजस्तो कसुरमा कारबाहीका लागि हदम्याद राख्न नहुने अडान राखेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको कसुरमा हदम्याद राखिएको आपत्ति जनाएका हुन्।

प्रमुख सचेतक पाण्डेले भ्रष्टाचार रोक्नका लागि सरकारले व्यवहारबाटै काम गरेर देखाउनुपर्ने बताए। उनले कडा कानून बनाएर भ्रष्टहरूलाई कारबाही गर्न पनि सरकारलाई दबाब दिए। प्रमुख सचेतक पाण्डेले जनताले अनुभूति हुनेगरी सरकारले सुशासनको पक्षमा काम गर्नुपर्ने आवश्यक्ता पनि औैंल्याए।

‘भ्रष्टाचार कुराले रोकिँदैन। कामबाट रोकिनुपर्छ। कानूनबाट रोकिनुपर्छ। जनताले आफ्नो जीवन व्यवहारमा भ्रष्टाचार रोकिएको अनुभूति गर्न पाउनुपर्छ। हाल प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक उपर छलफल चलिरहेको छ,’ उनले भने, ‘२०७६ सालमा संसदमा दर्ता भएको यस विधेयकको दफा १६ मा संशोधन गर्ने भनेर पाँच वर्षभित्र मुद्दा चलाउने विषय राखेको आएको छ। भ्रष्टाचारजस्तो कसुरमा हदम्याद राखिनु हुन्न मेरो र हाम्रो दल नेकपा (माओवादी केन्द्र) का दृढ मत रहेको छ।’

प्रमुख सचेतक पाण्डेले सहकारी पीडितहरूलाई न्याय दिने काममा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण पनि गराए।

प्रकाशित: १२ भदौ २०८१ १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =