एकीकृत समाजवादी : धेरै मतले पछि परिन् रामकुमारी झाँक्री, जयन्तीको निरन्तर अग्रता

हिमाल प्रेस १२ भदौ २०८१ ६:२८
184
SHARES
एकीकृत समाजवादी : धेरै मतले पछि परिन् रामकुमारी झाँक्री, जयन्तीको निरन्तर अग्रता

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पदाधिकारीमा भएको मतदानको मतगणना अहिले जारी छ। मतगणना अन्त्यतर्फ पुग्दा महिला उपाध्यक्ष पदमा रामकुमारी झाँक्री धेरै मतले पछि परेकी छन्। २५० मत गणना गर्दा झाँक्रीले ८२ मत ल्याउँदा जयन्तीले १५७ मत प्राप्त गरेकी छन्।

झाँक्रीको भन्दा जयन्तीको ७५ मत बढी छ। मतगणना अझै जारी छ। मंगलबार रातिको मतदानमा ३२२ जनाले मतदान गरेका छन्। अहिले उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा मतगणना भइरहेको छ। गएको असारमा सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत टुंग्याएको थियो। हिजो मात्रै वरिष्ठ उपाध्यक्ष पद सर्वसम्मत बन्यो।

यसबाहेकमा पदमा भने प्रतिस्पर्धी बढी भएसँगै मतदान भएको हो।

प्रकाशित: १२ भदौ २०८१ ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast