एकीकृत समाजवादीको चुनावमा खस्यो ३२२ मत, गणना सुरु

हिमाल प्रेस ११ भदौ २०८१ २१:२१
42
SHARES
एकीकृत समाजवादीको चुनावमा खस्यो ३२२ मत, गणना सुरु

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्न मतदानमा २२ जना अनुपस्थित भएका छन्। ३४४ केन्द्रीय सदस्य रहेको नेकपा एसमा ३२२ मत मात्रै खसेको छ।

पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ।

मंगलबार साँझ १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो। वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन्।

प्रकाशित: ११ भदौ २०८१ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =