प्रस्तावित राजदूतहरूको सुनुवाइ शुक्रबारदेखि

हिमाल प्रेस ११ भदौ २०८१ १३:४३
10
SHARES
प्रस्तावित राजदूतहरूको सुनुवाइ शुक्रबारदेखि संसदीय सुनुवाइ समितिको बैठक। फाइल तस्बिर।

काठमाडौँ- संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ भदौ १४ गतेदेखि सुरु गर्ने भएको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाइको कार्यतालिका पारित गरेको हो। कार्यतालिका अनुसार भाद्र १४ गते समितिले उजुरीकर्ताहरुसँग छलफल गर्नेछ भने भाद्र १६ देखि २५ गतेसम्म विदाको दिनबाहेक प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ हुने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्

उनले राजदूत सिफारिसका बिषयमा परराष्ट्रमन्त्रीसंग पनि छलफल गर्ने निर्णय भएको बताइन्। संविधान अनुसार समावेशीताको आधारमा राजदूत सिफारिस भए–नभएको र नभएको भए त्यसको कारणबारे परराष्ट्रमन्त्रीसंग जानकारी लिइने उनले बताइन्।

बैठकमा समिति सदस्यहरुले राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरेको धारणा राखेका थिए। सांसद जीवन परियारले पछि परेका समूदायलाई पनि सहभागीताका बारेमा पटक पटक ध्यानाकर्षण गराउदा पनि सरकारले सम्बोधन गर्न नसकेको बताए। कर्मचारी बाहेकबाट राजदूत सिफारिस गर्दा समावेशीलाई ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए।

त्यस्तै सांसद जनार्दन शर्माले संविधानले दिएको अधिकार कार्यान्वयन गर्नका लागि पनि समावेशीतालाई ध्यान दिनुपर्ने उल्लेख गरे। संविधानलाई सहि ढंगले कार्यान्वयन गर्न नसके आगामी दिनमा समस्या आउन सक्ने उनको भनाइ छ।

सरकारले साउन १४ गते बिभिन्न १७ देशका लागि राजदूत सिफरिस गरेको थियो। संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित: ११ भदौ २०८१ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =