मुकुल ढकालको साधारण सदस्यता खारेज

हिमाल प्रेस ११ भदौ २०८१ १२:०२
6
SHARES
मुकुल ढकालको साधारण सदस्यता खारेज

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। आज मंगलबार  पार्टी केन्द्रीय कार्यलय च:मति बनस्थलीमा बसेको बैठकले बर्खास्त गर्दै ढकाललाई पार्टीको साधारण सदस्यबाट समेत हटाएको हो।

पार्टीहित विपरीत समीक्षा प्रतिवेदन बनाएको, सभापति रवि लामिछानेसहित अन्य नेतामाथि विभिन्न आरोप लगाएको भन्दै रास्वपाले उनलाई दुईपटक स्पष्टीकरण सोधेको थियो।

उनले कारबाहीस्वरुप पहिलोचरणमा पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाइएको थियो। उनलाई कारबाही गर्न पार्टीको अनुशासन समितिले केन्द्रीय समितिमा सिफारिस गरेको थियो।

उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो। तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याललगायत पदाधिकारी तथा केन्द्रीय नेताविरुद्ध अभिव्यक्ति दिइरहेका थिए।

यसअघिको केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो। अन्तिमपटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले स्पष्टीकरण सोधेको थियो। जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको बताइएको छ।

प्रकाशित: ११ भदौ २०८१ १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast