३४ तोला सुन र १० किलो चाँदीसहित चारजना पक्राउ

हिमाल प्रेस ११ भदौ २०८१ ११:३७
16
SHARES
३४ तोला सुन र १० किलो चाँदीसहित चारजना पक्राउ सांकेतिक तस्बिर।

नेपालगञ्ज- नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

उनकाअनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार छन्। बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।

बर्दियाका एक जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ।

ती व्यापारीले नेपालगञ्जबाट सामान किनेको बताएको बताएका छन्। प्रारम्भिक अनुसन्धानको क्रममा उनले उक्त सुन चाँदी बिक्री गर्नका लागि कालीगढका पुर्‍याउँदा उनी नभेटेको बताएको डाँगीको भनाइ छ।

प्रकाशित: ११ भदौ २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =