समाजवादीमा फेरि गुटकै लडाइँ, यी हुन् पदाधिकारीका आकांक्षी

हिमाल प्रेस ११ भदौ २०८१ ६:३८
134
SHARES
समाजवादीमा फेरि गुटकै लडाइँ, यी हुन् पदाधिकारीका आकांक्षी माधवकुमार नेपाल र झलनाथ खनाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयन अन्ततः चुनाव हुने भएको छ। सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो।

अब पदाधिकारी र पोलिट्ब्युरो चुन्न निर्वाचन हुनेछ। अब समाजवादीमा १८ पदाधिकारी चुन्न बाँकी छ। अध्यक्ष, सम्मानित नेता र महासचिव गत असारमा भएको १० औँ महाधिवेशनले चुनेको छ। अध्यक्षमा निर्वाचित माधव नेपालमाथि पदाधिकारी चुन्न दबाब थियो। तर उनले सर्वसम्मत चुन्न नसक्दा चुनाव हुने भएको हो।

यस्तो छ कार्यतालिका

तालिका अनुसार आज दिउँसो २ बजेदेखि ५ बजेमसम्म मतदान हुने छ । आज नै मतगणना थालिने जनाइएको छ ।

गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए ।
समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ ।

केन्द्रीय सदस्य मतदाता हुने निर्वाचनबाट वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव चुनिने छन् । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ । पोलिटब्युरो सदस्यको संख्या केही समयमा तय गरेपछि मनोनयन सुरु भएको छ।

एकीकृत समाजवादीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्यूरो, पोलिटब्यूरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ । तर केन्द्रीय कमिटीको संख्या विधान भन्दा बढी भएको र मनोनित गर्न बाकी भएका कारण पोलिट्व्युरो सदस्यको संख्या यकिन नभएको हो।

यही हुन् आकांक्षी
समाजवादीमा वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र प्रमेश हमाल लड्ने तयारी गरेका छन्। माधव नेपाल निकटस्थ मानिने यी नेताहरू चुनावबाटै वरिष्ठ उपाध्यक्ष चुनिन चाहेका छन्। यसबाहेक घनेन्द्र बस्नेत, बेदुराम भुसाल पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन्। तर चुनावमा जान भने यी नेता हराएको समाजवादीका एक नेताको भनाइ छ।

यता, ७ उपाध्यक्षमा भने धेरै आकांक्षी देखिएका छन्। जयन्ती राई, धर्मराज शाह, रामचन्द्र झा, विजय पौडेल, रामकुमारी झाँक्री, हरि पराजुली, जीवराज श्रेष्ठ, राजेन्द्र राई, प्रकाश ज्वाला, गंगालाल तुलाधर, उर्बादत्त पन्त उपाध्यक्षका आकांक्षी हुन्।

उपाध्यक्षमा क्लस्ष्ट छुटिएकाले धेरै आकांक्षी देखिएको नेताहरूको भनाइ छ। म्हिला कोटाबाट जयन्तीले उम्मेदवारी दिने तयारी गरेकी छन्। यता, धर्मराज शाह र रामचन्द्र झाले मधेशी क्लष्टरबाट उपाध्यक्ष चुनिन खोजिरहेका छन्।

यसबाहेक भानुभक्त जोशी पनि उपाध्यक्षका आकांक्षी छन्। तर उनी चुनावमै भएमा उपमहासचिव भिड्ने समेत हिमाल प्रेसलाई बताए। यस्तै, ४ उपमहासचिवमा शत्रुधन महतो, गरिमा शाह, श्रीप्रसाद शाह, अम्बरबहादुर थापाले आकांक्षा देखाएका छन्। चुनाव हुने तयारीपछि आकांक्षी बढ्ने सम्भावना रहेको समाजवादी नेत्रृ आरती लामा बताउँछिन्।

यता ७ सचिवमा नरेश शाही, दीर्घ सोडारी, अब्दुल हुसेन, धनराज आचार्य, लक्ष्मण लम्साल, बलदेव चौधरी, प्रमोद यादव, चन्द्रबहादुर शाहीले आकांक्षा देखाएका छन्। समाजवादीको सचिव पद प्रदेश क्लष्टबाट चुनिने पर्ने विधान छ।

यहाँ सुदूरपश्चिमबाट सोडारी चुनिन खोज्दा नरेश शाहीले पनि सुदूरपश्चिम क्लष्टर रोज्ने तयारी गरेका छन्। यता धनराज आचार्य गण्डकी, लक्ष्मण लम्साल बागमती, प्रमोद यादव कर्णाली र कोशीबाट बलदेव चौधरीले सचिवमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। समाजवादी स्रोतका अनुसार आकांक्षी अझै बढ्ने सम्भावना छ। युवा नेता सुदेश पराजुलीले पनि सचिवमै प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

पदाधिकारीमा गुटगत लडाइँको सम्भावना

यसअघि महाधिवेशनमा पनि केन्द्रीय गुटको प्रतिस्पर्धा भएको थियो। अब पनि नेताहरूले गुटकै लडाइँ हुने सम्भावना छ।
नेपाल, खनाल र भुसालले खुलेर कसैलाई पनि समर्थन नगरे पनि भित्रभित्रै गुटगत प्रतिस्पर्धा गर्ने तयारी भइरहेको नेताहरू बताउँछन्।

गएको महाधिवेशनमा पनि नेपालपक्षसँग खनाल र भुसाल पक्ष प्रतिस्पर्धा गर्ने तयारी भएको थियो। तर महाधिवेशनको दिन खनालले नेपाललाई समर्थन गर्दा नेपाल अध्यक्षमा चुनिएका थिए। अब खनाल र भुसालको एउटा गुट र नेपालको अर्को गुट बन्ने सम्भावना छ। ऋब यी सबैलाई केन्द्रीय सदस्यहरूले मत हाल्नेछन्। हाल समाजवादीको ३४४ सदस्य केन्द्रीय कमिटी छ।

प्रकाशित: ११ भदौ २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast