रुसले युक्रेनमा गर्‍यो मिसाइल र ड्रोन आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु

हिमाल प्रेस १० भदौ २०८१ १८:०८
10
SHARES
रुसले युक्रेनमा गर्‍यो मिसाइल र ड्रोन आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौँ- रुसले सोमबार युक्रेनमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १ सय भन्दा बढी मिसाइल र १ सय वटा ड्रोन प्रयोग गरेको दाबी गरे। यी आक्रमणहरू कीभ, खार्किभ, ओडेसा र पश्चिमी क्षेत्रहरूमा गरिएका हुन्।

सोही समयमा, युक्रेनका प्रधानमन्त्री डेनिस शमीहालले देशका १५ क्षेत्रका धेरै सहरमा विस्फोट भएको बताएका छन्। उनले हवाई आक्रमणको अलर्ट जारी गरिएको बताए।

युक्रेनी वायुसेनाले रुसले लगातार हवाई हमला गरिरहेको बताएको छ। ड्रोन अझै युक्रेनी क्षेत्रमा रहेको बताइएको छ।

युक्रेन कुर्स्क क्षेत्रका धेरै ठाउँमा प्रवेश गरेको बेला रुसले आक्रमण गरेको हो।

रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमा हमला गरेको थियो र त्यसयता दुई देशबीच युद्ध चलिरहेको छ। बीबीसी हिन्दी

प्रकाशित: १० भदौ २०८१ १८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =