उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

हिमाल प्रेस १० भदौ २०८१ १७:२२
22
SHARES
उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने आइतबार भएको खेलमा गोलपछि खुसी मनाउँदै नेपाली खेलाडी

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेशले साविक विजेता भारतलाई पेनाल्टी सुटआउटमा ४ -३ ले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

निर्धारत ९० मिनेटमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। यसअघि नेपालले आइतबार नेपालले भुटानलाई पेनाल्टी सुटआउटमै हराएर फाइल प्रवेश गरेको थियो।

प्रकाशित: १० भदौ २०८१ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =