‘सुदूरकी सोराइ (गोःरा विशेष)’ पुस्तक विमोचित

हिमाल प्रेस १० भदौ २०८१ १५:४३
324
SHARES
‘सुदूरकी सोराइ (गोःरा विशेष)’ पुस्तक विमोचित सुदूरपश्चिम समाजको १५औँ साधारणसभामा लेखकहरूलाई सम्मान गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी।

काठमाडौँ- गौरा पर्वको अवसर पारेर ‘सुदूरकी सोराई गोःरा विशेष’ पुस्तक विमोचन गरिएको छ। पुस्तकको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार राजधानीमा आयोजित सुदूरपश्चिम समाजको १५औँ साधारणसभामा विमोचन गरेका हुन्। पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेषका गौरा पर्वका विषयमा व्याख्या गरिएको छ।

सुदूरकी सोराइका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेय हुन् भने सम्पादन समूहमा ई. रामदत्त पन्त, बखतबहादुर साउद, लोकराज भट्ट, तिलकप्रसाद भट्ट र द्रुपदाकुमारी शाह छन्। पुस्तकमा गौरा पर्वबारे विभिन्न गौराबारे विभिन्न व्यक्तित्वले लेखेका सामग्री संकलित छन्।

यसमा डा.दामोदर पुडासैनी किशोरको सुदूरकी सौराइले झल्काएको, जनकराज जोशीको गोःरा वन्दना, दिव्येश्वरी जोशीको गौरापर्वसम्बन्धी विशेष विमर्श, नारा जोशीको कञ्चनपुरमा गोःरा, शान्ति भट्ट फुलाराको चुडी गाउँमा गोःरापर्व, यज्ञराज उपाध्यायको गौरा पर्व: एक चिनारी, मणिराज जोशीको गौरा पर्व शास्त्रीय विवेचना, ई. राम दत्त पन्तको गौरा पर्वमा ठाडो खेलजस्ता सामग्री प्रकाशित छन्।

यसैगरी खेमराज जोशीको मेरो गाउँ: हमरी गो:रा, रामचन्द्र ओझाको गडसेराकी गमरा, अम्बादत्त भट्टको काठमाडौँमा गोःरा पर्व, लक्ष्मीदत्त पन्तको मलोडामा गोःरा : एक अध्ययन, वासुदेव पाण्डेयको गोःरापर्व सामान्य चिनारी यस कृतिमा संकलित छन्।

डा. टेकराज पन्तको सुदूरपश्चिमको मौलिक पर्व गोःरा, डा. कुस्माकर भट्टको दार्चुला जिल्लाको विशेष पर्व गोःरा, डा.बद्री शर्मा बिनाडीको अठवाली लोककथामा, डा. पदमराज कलौनीको पर्वैपर्वको लोकपर्व गोःरापर्व, गणेशप्रसाद भट्टको दनखोलाकी गोःरा, दशरथ जोशीको रिमकी गोःरा : अतीतको स्मृति, उमाशंकर जोशीको गौरा पर्व विशेष सन्दर्भ बझाङको, टीकाराम भट्टको बाराकोटमा गोःराकी रमझम, गोपालबहादुर कार्कीको बाजुरामा गौरा पर्व, ईश्वरदत्त अवस्थीको सुर्नयाकी गोरा सुदूरकी सोराइमा समावेश अन्य सामग्री हुन्।

कृष्ण रौल्याको बझाङमा गौरा पर्व संक्षिप्त प्रस्तुति, लोकराज भट्टको गौरा पर्वः महत्त्व र सान्दर्भिकता, हरिभक्त जोशीको सामाजिक र सांस्कृतिक परिवेशमा, तिलकप्रसाद भट्टको सामाजिक सद्भावको पर्व गौरा, जनकराज ओझाको तल्लोस्वराडकी गो:रा, विशन नाथको चौँसेराकी गोरा, पदमराज जोशीको सुदूरपश्चिमकै प्रख्यात भट्टाडकी गोःरा, डा. हरिदत्त पाण्डेयको गोरा : मानसखण्डको महान् काजबार र लेखक परिचयले कृति सुसज्जित छ।

विमोचन कार्यक्रममा मन्त्री भण्डारीले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेका थिए। मन्त्री भण्डारीले कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई बधाई दिए। उनले गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समेत समावेश गर्नु जुरुरी रहेको तथा यस पर्वको महत्त्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिने मन्त्री भण्डारीको भनाइ थियो।

साथै उनले गौराको गौराको प्रचारप्रसार गरी राष्ट्रिय पर्वका रूपमा मनाउन पाएकोमा खुसी व्यक्त गरे। उनले गौराबारे प्राज्ञिक बहस गरी यसको महत्त्वलाई थप प्रकाश पार्नुपर्नेमा जोड दिए। उनले भने, ‘गौरा पर्वको सांस्कृतिक सामाजिक पक्षलाई गहिराइमा गएर यसको मौलिकतालाई अध्ययन गर्न सक्नु यसको उपलब्धि मानिन्छ।’

कृतिमा समावेश गरिएका ३० वटा लेखहरू गौरासँग सम्बन्धित छन्। यसमा संकलित सामग्रीले गौराको सांस्कृतिक, आर्थिक, सामाजिक पक्षलाई समेटेको मन्त्री भण्डारीको भनाइ छ। उनले भने, ‘यो पुस्ताक गौराको गीता हो।’

पुस्तकका सम्पादक डा. हरिदत्त पाण्डेले सुदूरपश्चिम समाजका विभिन्न व्यक्तित्व र लेखकहरू सबैको अथक प्रयासले पुस्तक प्रकाशन गर्न सकिएको बताए। उनले पुस्तकमा सकेसम्म नौवटै जिल्लाका सामग्री समावेश गरिएको जानकारी दिए।

साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ले सुदूरपश्चिम संस्कृतिमा धनी भए पनि देशभर फैलन नसकेको बताएका थिए। कार्यक्रममा समाजका अध्यक्ष मायाप्रकाश भट्टबाट पठाइएको शुभकामना सन्देश वाचन गरिएको थियो। यसैगरी समाजका पूर्वअध्यक्ष केशरबहादुर साउदले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १० भदौ २०८१ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast