काठमाडौँ- न्याय परिषद्काे बैठक निष्कर्षविहीन टुंगिएकाे छ। सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न बसेकाे बैठक निष्कर्षविहीन टुंगिएकाे हाे।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसेकाे थियाे।
हाल सर्वोच्चमा चार र उच्च अदालतमा १६ न्यायाधीशको पद रिक्त छ। समयमा न्यायाधीश नियुक्ति हुन नसक्दा अदालतमा मुद्दाको चाप दिनप्रतिदिन बढ्दै गएको छ।
न्यायालयको छिटो सुनुवाइ र समयमै न्याय दिने कार्ययोजना भए पनि न्यायाधीश नियुक्ति नहुँदा कार्यान्वयनमा ढिलाइ भएको छ।
प्रकाशित: ९ भदौ २०८१ १९:५८
प्रतिक्रिया