भुटानलाई पेनाल्टीमा हराउँदै नेपाल फाइनलमा

हिमाल प्रेस ९ भदौ २०८१ १७:१९
20
SHARES
भुटानलाई पेनाल्टीमा हराउँदै नेपाल फाइनलमा आइतबार भएको खेलमा गोलपछि खुसी मनाउँदै नेपाली खेलाडी

काठमाडौँ- भुटानलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै घरेलु टोली नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको फाइनल प्रवेश गरेको थियो।

सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार निर्धारित ९० मिनेटमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। नेपालका गोलकिपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाए। नेपालले उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ९ भदौ २०८१ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =