छात्रवृत्ति रकम वितरण गर्न  स्थानीय तहलाई केन्द्रकाे आग्रह

हिमाल प्रेस ९ भदौ २०८१ १३:१६
162
SHARES
छात्रवृत्ति रकम वितरण गर्न  स्थानीय तहलाई केन्द्रकाे आग्रह

काठमाडाैँं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिबापतको रकम वितरण गर्न  स्थानीय तहलाई आग्रह गरेकाे छ।

केन्द्रले आ.व.२०८०/०८१ का लागि विपन्न लक्षित छात्रवृत्ति वितरण गर्न शैक्षिक सत्र २०७९ मा कक्षा ८ र कक्षा १० का विद्यार्थीहरूले Proxy Means Testing (PMT) फाराम भरेकोमा सो विद्यार्थीमध्ये छात्रवृत्ति पाउन योग्य विद्यार्थीको नामावलीसहितको विवरण  जारी गरेकाे बताउँदै छात्रवृत्तिबापतको रकम वितरण गर्न अनुराेध गरेकाे हाे।

केन्द्रकाे वेबसाइटमा रहेकाे  उक्त नतिजा अध्ययन गरी सम्बन्धित विद्यालयमार्फत छात्रवृत्ति पाउन योग्य विद्यार्थीको बैंक खाता खोली सोको विवरण स्थानीय तहबाट IEMIS मा अपलोड गर्ने कार्यसमेत भइकेको जनाइएकाे छ।

छनोट भएका विद्यार्थी  १० र कक्षा १२ मा भर्ना भई अध्ययनरत रहेको सुनिश्चित गरी शैक्षिक सत्र २०८१ (एक शैक्षिक सत्र) को लागि तोकिएको रकम कार्यक्रम कार्यान्वयन कार्यविधिअनुसार विद्यार्थीको बैंक खातामा छात्रवृत्ति रकम निकासाको व्यवस्था मिलाउन केन्द्रकाे अनुराेध छ।

 

प्रकाशित: ९ भदौ २०८१ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 4 =