निगुरोको कमाइले धानिएका तीन दर्जन परिवार

हिमाल प्रेस ९ भदौ २०८१ ११:३५
6
SHARES
निगुरोको कमाइले धानिएका तीन दर्जन परिवार

सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरोबाटै जीवन धानिरहेका छन्। १० वर्षदेखि यहाँका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन्।

जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छिन्। निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उनले बताइन्। ‘यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ’, उनले भनिन्, ‘दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु।’ फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनले बताइन्।

वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एक जनाले कमाउने गर्छिन्। निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ। देख्दा निगुरो टिप्ने त हो नी भन्ने लाग्छ। तर आम्दानीको राम्रो स्रोत बनेको उनी बताउँछिन्। बरहथवा–९, मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिप्ने गरेको बताइन्। ‘राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु’, उनले भनिन्।

‘यसको मूल्य सधैँ एकनाश रहन्छ। धेरै घटबढ गर्दैन’, आफ्नो बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उनले सुनाइन्। बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ।

सोही स्थान बस्ने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ। छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताउँछिन्। ‘फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्’, उनले भने, ‘दैनिक बिहानबेलुका दुई÷चार घण्टा खट्दा राम्रो कमाई हुन्छ।’ निगुरो टिप्ने काम जागिर भएको उनले बताए।

गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ। ‘गाउँतिरै पनि खोज्ने मान्छे आउछन्’, उनले भने, ‘व्यापारीलाई पनि अझै पुगेको छैन्।’ टिप्नसकेजति व्यापारीले लैजान्छन्। व्यापारीहरूले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको समय पैसा दिने गरेका स्थानीयको भनाइ छ।

निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा ३० लाख आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताए। मासिक चार लाख बराबरको निगुरो स्थानीयसँग संकलन गरेर बजारमा लैजाने गरेको उनको उद्यमी महतोको भनाइलाई आधार मानेर उहाँले त्यति रकम आर्जन हुने अनुमान सुनाए। रासस

प्रकाशित: ९ भदौ २०८१ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =