काठमाडौँ- मुग्लिङ–नारायणगढ सडकखण्डमा बस दुर्घटना हुँदा घाइतेको पहिचान खुलेको छ। महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। ती सबै घाइतेको अहिले उपचार भइरहेको छ। दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरूको नामावली
१.जि कन्चनपुर भीमदत्त न.पा१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।
२. जि.कैलाली लम्किचुहा न.पा३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।
३.जि.कैलाली लम्किचुहा न.पा३ बस्ने वर्ष १९ को कैलाश विकसामान्य ।
४.जि.कैलाली लम्किचुहा न.पा ३ बस्ने बस्ने वर्ष २७ की कृष्णा विक सामान्य ।
५.जिकैलाली लम्किचुहा न.पा ३ बस्ने वर्ष ३५ की जयन्ती बिक मध्यम ।
६. जिकन्चनपुर भीमदत्त न.पा ८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।
७.जि कन्चनपुरको कन्चनपुर नपा ३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।
८.जि कैलाली गोदावरी न.पा १२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।
९.जि बझाङ वित्थडचिर गा पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।
१०.जिकन्चनपुर भीमदत्त नपा१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।
११.जि।कन्चनपुर भीमदत्त नपा १० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।
१२. जि. दार्चुला महाकाली नपा ६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।
१३. जि. कन्चनपुर भीमदत्त नपा ९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।
१४. जि. बैतडी दशरथचन्द नपा २ बस्ने वर्ष ३७ को जनक बिजाली सामान्य ।
१५. जि कन्चनपुर भीमदत्त न पा ४ बस्ने वर्ष २३ को विनोद सार्की सामान्य ।
१६. जि. डडेलधुरा गन्यापधुरा गापा ३ बस्ने वर्ष ३३ को देवबहादुर भुल सामान्य ।
१७. जि. चितवन भरतपुर म नपा ५ बस्ने वर्ष २५ को विपिन न्यौपाने मध्यम ।