रामेछापमा पहिरोमा परेर २ को मृत्यु, ५ बेपत्ता

हिमाल प्रेस ९ भदौ २०८१ ८:१५
10
SHARES
रामेछापमा पहिरोमा परेर २ को मृत्यु, ५ बेपत्ता

काठमाडौँ- रामेछापको सैलुङमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। पहिरोले ३ घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। दोरम्बा सैलुङ गाउँपालिका–३ लेकखर्क पहरी गाउँमा गएराति पहिरो खस्दा कम्तीमा ३ घर बगाएको र घटनास्थलमा २ शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गएराति परेको भीषण वर्षाका कारण गाउँ नजिकै रहेको खोलाको कटानले पहिरो खसेको थियो। घटनास्थलमा प्रहरी टोली पुग्दा कम्तीमा ३ घर बगाएको र २ जनाको शव घटनास्थलमा निकालिएको छ।

गएराति ११ः४५ बजे तिर पहिरो खसेको थियो। पहिरोमा ५ जना बेपत्ता छन्।

 

प्रकाशित: ९ भदौ २०८१ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =