४ प्रदेशमा आज वर्षाको सम्भावना

हिमाल प्रेस ८ भदौ २०८१ ६:३६
10
SHARES
४ प्रदेशमा आज वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको छ।

यतिबेला (शनिबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हल्का भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ८ भदौ २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =