छानबिन समितिको बयानमा रवि लामिछानेले के भने?

हिमाल प्रेस ७ भदौ २०८१ २१:२६
36
SHARES
छानबिन समितिको बयानमा रवि लामिछानेले के भने? संसदीय छानबिन विशेष समितिमा गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने

काठमाडौँ- गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियाको आर्थिक विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिसँगको बयानका क्रममा उनले आर्थिक विषय सबै जीबी राईलाई नै थाहा हुने बताएका हुन्।

समिति सभापति सूर्य थापाका अनुसार लामिछानेले प्रबन्धन निर्देशकका रुपमा दैनिक काम गरेको तर आर्थिक विषय जीबी राईले नै जुटाउने गरेको बताएका छन्। बयान नसकिएकाले अन्य विषयमा बोल्न नमिल्ने उनको भनाइ छ।

आज (शुक्रबार) साढे ४ बजेदेखि सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा उनको बयान लिइरहेको छ। राति १० बजेसम्म बयान सकिने अनुमान गरिएको छ।
समितिले लामिछानेसँग सोध्नका लागि ५० वटा प्रश्न तयार पारेको थियो। सभापति थापाले लामिछानेले कुनै पनि सहकारीबाट प्रवाह भएको ऋणमा आफ्नो नागरिकतालगायतका कागजात समावेश नभएको पनि स्पष्ट पारेको बताए।

त्यसअघि गोर्खा मिडियाकै पूर्व संस्थापक तथा पूर्व डीआईजी छविलाल जोशीसँग पनि समितिले सोधपुछ गरेको थियो।

प्रकाशित: ७ भदौ २०८१ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast