सहरमा आज : भेराइटी कथामा नाटक मञ्चन र फिल्म प्रदर्शन

सुस्मिता बजगाईं ८ भदौ २०८१ ६:२६
324
SHARES
सहरमा आज : भेराइटी कथामा नाटक मञ्चन र फिल्म प्रदर्शन

काठमाडौँ- भदौको दोस्रो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता नाटक घर र हलमा प्रदर्शन भइरहेका फिल्म र नाटकोकथा वस्तु फरक–फरक छन्।
हेरौं, यो साता उपत्यकामा कहाँ के हुँदैछ?

थिएटरमा ४ नाटक

शिल्पीमा सोरठी
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भदौ ७ देखि नाटक ‘सोरठी’ मञ्चन भइरहेको छ। नाटक मगर समुदायको कथामा आधारित छ।
प्रकाशोन्मुख उपन्यास ‘सोरठी’ मा आधारित नाटकमा मगर समुदायको कथा प्रस्तुत गरिएको छ। उपन्यासका लेखक सञ्जय काउछा मगर हुन्। नाट्यकर्मी संगीता थापामगरले परिकल्पना र निर्देशन गरेकी छन्। यो उनको डेब्यु निर्देशन हो। निर्देशनमा संगीतासँगै लेखक सञ्जयको पनि सहकार्य छ।
नाटकमा कलाकार कविता आले, रमिता राई, विशाल पुलामी मगर, रमिला मोक्तान, निश्वम मगर, हेमन्त लामिछाने, गंगा मगर, सञ्जित थुलुङ राई, प्रविण मगर, अस्मिता बुढा मगर, पुनमलक्ष्मी मगर, आरुषजंग सारु मगर, सुनिल राई, मानबहादुर राई र खुसी सुनुवारको अभिनय छ। नाटक भदौ ३० गतेसम्म मञ्चन हुनेछ।
नाटक साताको प्रत्येक दिन मंगलबारबाहेक साझ ५ः ३० बजे र शनिबार (आज) दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ। नाटक काउछा क्रियसनको प्रस्तुति र बिम्व आट्र्सको सहकार्यमा निर्माण भएको हो।

मण्डलामा नुग्ध
थापागाँउस्थित मण्डला थिएटरमा भदौ ७ देखि नाटक ‘नुग्ध’ मञ्चन भइरहेको छ। यो मण्डलाकै पूर्व विद्यार्थीको समुहले आयोजना गरेको म्याड फेस्टमा मञ्चन गरिएको थियो। नुहाङ लामाको लेखन रहेको नाटक विजय तामाङ ब्लोनले निर्देशन गरेका हुन्।
नाटकमा डान्सर बन्न एक युवकले गर्नुपरेको संघर्ष प्रस्तुत गरिएको छ। सोमबारबाहेक साताको प्रत्येक दिन साझ ५ः ३० बजे नाटक भदौ १८ सम्म मञ्चन हुनेछ। शनिबार भने दुई सो मञ्चन हुँदैछ। दिउँसो १ ः३० बजे पनि।

कोसीमा ‘काँचो धागो’
टेकुस्थित कौसी थिएटरमा भदौ ६ देखी नाटक ‘काँचो धागो’ मञ्चन भइरहेको छ। आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा बनेको नाटकका लेखक रंगकर्मी मुक्ति हुन्। यो उनको पहिलो नाटक लेखन हो।
नाटक मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग सम्बन्धित छ। नाटकमा लेखक मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल ,निष्ठा त्रिपाठी ,पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय छ। नाटक भदौ २९ गतेसम्म मञ्चन हुनेछ।
नाटक शनिबार (आज) दुई सो हुनेछ। दिउँसो १ बजे र साँझ ५ः१५ बजे। र शनिबार को अतिरिक्त सो हुनेछ। मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे रेगुलर सो हुनेछ। नाटक वोयज प्रालिको प्रस्तुति र कथा घेराको सहकार्यमा मञ्चन गरिएको हो।

नव्य नाचघरमा ‘प्रेमारम्भ’
सिनामंगलस्थित एस्थेटिक डान्स स्टुडियोमा सञ्चालित नयाँ नव्य नाचघरमा असार २१ देखि नृत्य नाटक ‘प्रेमारम्भ’ मञ्चन भइरहेको छ।
नाटक स्टुडियोकी संस्थापक नम्रता केसीले निर्देशन गरेकी हुन्। नाटकमा प्रकृतिसँग संस्कृतिको समिश्रणले समाजमा हुने परिवर्तनलाई देखाउन खोजिएको छ। साताको दुई दिन शुक्रबार र शनिबार साँझ ५ः३० मा मञ्चन हुनेछ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

सतीदेवी
भदौ ७ देखि हलमा फिल्म ‘सतीदेवी’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक लक्ष्मण सुवेदी हुन्। नारीप्रधान फिल्ममा एक दम्पतिको छोरीमात्रै हुन्छ। र छोरा नभएको भन्दै गाउँ समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण र पतिको यातनालाई प्रस्तुत गरिएको छ। फिल्ममा मलिका महत मुख्य भूमिकामा छिन्। अन्य कलाकार कुलबहादुर अधिकारी, सन्दिपबाबु लोहनी, हर्षिका वली, रमेश बुढाथोकी, मञ्जिला बाँनीया, भोला सापकोटालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मलमा फिल्मको १२ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल फिल्म ‘सतीदेवी’ चलिरहेको अन्य हल हुन्।

नमेटिने घाउ
भदौ ७ देखि हलमा फिल्म ‘नमेटिने घाउ’ प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक रमित ढुङ्गाना हुन्। फिल्म एसिड पीडितको कथामा बनेको छ। फिल्ममा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, सुरवीर पण्डित लगायत केपी ओली, माधवकुमार नेपाल र केही प्रहरीहरुको पनि भूमिका छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘नमेटिने घाउ’ चलिरहेको छ।

बुलाकी
साउन ३२ देखि हलमा लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ को पुन प्रदर्शन भइरहेको छ। फिल्ममा कर्णाली भेगको जारी प्रथामा आधारित फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा छिन्। अन्य कलाकार नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको विश्वज्योति सिनेप्लेक्समा फिल्मको सो छ।

घरज्वाइँ
असार २८ देखि प्रदर्शन भइरहेको फिल्म ‘घरज्वाइँ’ मा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, बिएसआर मुभिज, अष्टनारायण हलमा फिल्म घरज्वाइँ चलिरहेको छ।

वेदा
बलिउड फिल्म ‘वेदा’ भदौ ७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, ड्रामा र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक निखिल आडवाणी हुन्। फिल्ममा जोन अब्राहम, शर्वरी, अभिषेक बनर्जी मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मलमा फिल्मको ८ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘वेदा’ को सो छ।

स्त्री २
साउन ३१ देखि नेपाली हलमा हिन्दी फिल्म ‘स्त्री’ प्रदर्शन भइरहेको छ। श्रद्दा कपुर र राजकुमार रावको मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक अमर कौसिक हुन्। फिल्म हरर र कमेडी जनरामा बनेको छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुरमा फिल्मको २८ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, अष्टनारायण हल, विश्वज्योति सिनेप्लेक्स फिल्म ‘स्त्री’ चलिरहेको अन्य हल हुन्।

खेल खेल मे
साउन ३१ देखि नै नेपालमा प्रदर्शन भइरहेको फिल्म ‘खेल खेल मे’ मा अक्षय कुमार, तापसी पन्नु, एमी विर्क मुख्य भूमिकामा छन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक मुदस्सर अजिद हुन्।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्समा फिल्मको ३ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, फिल्म ‘खेल खेल मे’ प्रदर्शन भइरहेको छ।

डेडपूल एण्ड वुल्भरिन
हलिउड फिल्म ‘डेडपूल एण्ड वुल्भरिन’ नेपालमा साउन १८ देखि नै प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र कमेडी जनरामा बनेको छ। शान लेभी निर्देशित फिल्म मार्वल सिनेम्याटिक युनिभर्सका दुई पात्रको कथामा आधारित छ। फिल्ममा रायन रेनोल्ड्स, ह्युज ज्याकम्यान, मोरिना बाकारिन, म्याथ्यू म्याक फ्याडियन, शियोरी कुत्सुनालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत लबिम मल, सिटी स्क्वायर मल र सिभिल मल, एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: ८ भदौ २०८१ ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =