मर्स्याङ्दी बस दुर्घटना : २१ जनाको शव निकालियो, घाइते २२ जनाको उपचार जारी

हिमाल प्रेस ७ भदौ २०८१ १७:५७
42
SHARES
मर्स्याङ्दी बस दुर्घटना : २१ जनाको शव निकालियो, घाइते २२ जनाको उपचार जारी

काठमाडौँ– भारतीय पर्यटक बोकेको बस आज बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा २१ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलबाट २१ जनाको शव निकालिएको छ। बसमा ४३ जना सवार थिए।

घाइते २१ जनामध्ये १० जनाको आँबुखैरेनीकै अस्पतालमा उपचार जारी छ। यीमध्ये गम्भीर घाइते भएका १२ जनालाई भने नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रकाशित: ७ भदौ २०८१ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =