मुस्ताङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

हिमाल प्रेस ७ भदौ २०८१ १६:०६
34
SHARES
मुस्ताङमा हिमपहिरो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ– मुस्ताङमा हिमपहिरो गएको छ। जिल्लाको थासाङ गाउँपालिकास्थित बोक्सी खोलामा हिमपहिरो गएको हो। धौलागिरी र टुकुचे हिमालबाट हिमपहिरो झरेर बोक्सी खोला जमेको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार बोक्सी खोला गाउँका ९ घर हिमपहिरोको जोखिममा छन्।

‘धौलागिरी र टुकुचेको हिमालको बीचबाट पहिरो खसेको हो। हिउँले बोक्सी खोला जमेको छ,’ उनले हिमालप्रेससँग भने, ‘हिउँ बस्तीभन्दा माथिको खोँचमा जमेको छ। यहाँ ९ घर छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरो गइहाले थप क्षति केही नहोस् भनेर सुरक्षा फौज तयारी अवस्थामा छ।

प्रकाशित: ७ भदौ २०८१ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + thirteen =