मर्स्याङ्दीमा भारतीय बस खस्यो, यात्रुको उद्धार जारी

हिमाल प्रेस ७ भदौ २०८१ १२:३४ | Friday, August 23, 2024
मर्स्याङ्दीमा भारतीय बस खस्यो, यात्रुको उद्धार जारी

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट भारतीय यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ। आज बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायका अनुसारयुपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु रहेको जानकारी पाएको उनले बताए।

प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धारको काम भइरहेको उनले बताए।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १० जना यात्रुको मृत्यु भइसकेको छ। दुर्घटना स्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा ४५ जना फौज खटिएको उनले बताए।

मर्स्याङ्दी नदीमा बस खस्यो

प्रकाशित: ७ भदौ २०८१ १२:३४ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast