कमलामा पुल निर्माण : युवाकाे अनशन ताेडियाे, मधेश सरकारसँग चार बुँदे सम्झौता

हिमाल प्रेस ७ भदौ २०८१ १२:२९
14
SHARES
कमलामा पुल निर्माण : युवाकाे अनशन ताेडियाे, मधेश सरकारसँग चार बुँदे सम्झौता

जनकपुरधाम- कमला नदीमा पुल निर्माण माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बसेका युवाकाे अनशन ताेडिएकाे छ।

अनशन बसेका युवासँग मधेश सरकारले चार बुँदे सम्झौता गरेकाे छ। उक्त सम्झौतापछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जुस खुवाएर अनशन तोडाएका हुन्।

पुल निर्माणका लागि आ.व.२०८२/०८३ को वार्षिक बजेटमा केन्द्र सरकारबाट विनियाेजन गराउन पहल गर्ने वा सम्पूर्ण बजेट मधेश सरकारकै स्राेतबाट बेहाेर्ने, २०८१ मंसिर १ गतेभित्र पुल निर्माणका लागि डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने दुई पक्षबीच सम्झौता भएकाे छ।

पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने सम्झौता पनि भएकाे छ। पुल निर्माण माग गर्दै उनीहरू भदौ चार गतेदेखि  अनशनमा बसेका थिए।

याे पनि

कमला पुल : जनकपुरमा आमरण अनशन, सिरहामा विरोध प्रदर्शन

प्रकाशित: ७ भदौ २०८१ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 7 =