आज यी प्रदेशमा वर्षा

हिमाल प्रेस ७ भदौ २०८१ ६:२४
16
SHARES
आज यी प्रदेशमा वर्षा

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले आज  देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको जनाएकाे छ।

कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइहेको जानकारी दिँदै विभागले बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जनाएकाे हाे।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा तथा कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज दिउँसाे नै बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। विभागकाे भनाइमा काेशी, मधेश, बागमती , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ।

प्रकाशित: ७ भदौ २०८१ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =