पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

हिमाल प्रेस ६ भदौ २०८१ २०:३६
10
SHARES
पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान मन्त्री बद्रीप्रसाद पाण्डे।

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारत प्रस्थान गरेका छन्। भारतको गुजरातमा आयोजना हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा भाग लिन उनी बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

 भारत फाउण्डेशनको पहल एवं गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको ‘धर्म–धम्म’ सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताबीच निकट रहेका विचारमाथि विमर्श हुने जनाइएको छ। सम्मेलनमा नेपालसहित भूटान र श्रीलङ्कालगायत देशका मन्त्रीहरूका सहभागिता रहने छ।

यसपटकको ‘धर्म–धम्म’ सम्मलेनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ। सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको ‘धर्म–धम्म’ बीचको साझा विचारलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि ‘धर्म–धम्म’ परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ। उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने जनाइएको छ। सम्मेलनमा १८ देशका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।

प्रकाशित: ६ भदौ २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =