‘बंगलादेशमा विद्युत् निर्यात गर्न सरकारले सही समयमा उपयुक्त कदम चाल्छ’

हिमाल प्रेस ६ भदौ २०८१ १६:२१
10
SHARES
‘बंगलादेशमा विद्युत् निर्यात गर्न सरकारले सही समयमा उपयुक्त कदम चाल्छ’

काठमाडौँ- बंगलादेशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम पश्चात् नेपालले ४० मेगावाट विद्युत् निर्यात गर्न परराष्ट्र र ऊर्जा मन्त्रालयबाट उपयुक्त सम्झौता सम्पन्न गर्न पहल भइरहेको सरकारले जानकारी दिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद एनपी साउदले बंगलादेशमा उत्पन्न परिस्थिति पश्चात् विद्युत् निर्यातका लागि सरकारले कस्तो कूटनीतिक प्रयास गरिरहेको छ भनेर प्रश्न गरेपछि ओलीले जवाफ दिँदै यस्तो बताएका हुन्।

बिहीबार रोस्टममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा भर्खरै अन्तरिम सरकार बनेको र सम्झौता अनुरूप विद्युत् निर्यात गर्न सरकारले उपयुक्त कदम चाल्ने बताए। उनले नेपाल र बंगलादेशबिचको ऊर्जा निर्यातमा सरकारको उच्च प्राथमिकतामा रहेको बताए। ‘बंगलादेशमा अहिले नयाँ सरकार बनेको छ। अब सही समय हेरेर विद्युत निर्यातको विषयमा सरकारले उपयुक्त कदम चाल्छ ढुक्क हुनुस्’ उनले भने।

प्रकाशित: ६ भदौ २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =