पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा गोकर्णको उम्मेदवारी घोषणा

हिमाल प्रेस ६ भदौ २०८१ १५:३८
पोखरा उद्योग वाणिज्य संघ अध्यक्षमा गोकर्णको उम्मेदवारी घोषणा

पोखरा- पोखरा उद्योग वाणिज्य संघको आगामी महाधिवेशनका लागि हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरामा बिहीबार पत्रकार सम्मेलन आयोजनामा कार्कीले आगामी २ वर्षे नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

पोखराकै सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघको यही २८ र २९ भदौमा ७० औं वार्षिक अधिवेशन तथा ३५ औं महाधिवेशन हुँदैछ। गत १ भदौमा अर्जुन पोखरेलले प्यानलसहित उम्मेदवारी घोषणा गरेपछि कार्कीले पनि प्यानलसहित उम्मेदवारी दिने अपेक्षा थियो।

यद्यपि, उनले ‘कसैलाई पाखा, कसैलाई काखा’ नगर्ने र ‘आमव्यवसायी आफ्नो शक्ति’ रहेको भन्दै प्यानलबिनै अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए। उनले भने, ‘उताका (पोखरेल प्यानल) साथीहरु पनि आफ्नै टिमका हुनुहुन्छ। स्वभाविक रुपमा सँगैसँगै हिंडिरहेको बेला कसैलाई पाखा, कसैलाई पाखा गर्न नचाहेको हुँ।’

उनले आफू व्यवसायीहरुसँग चिरपरिचित रहेको र इमानदारीपूर्वक काम गरेको भन्दै उनले प्राकृतिक न्यायको सिद्धान्तबमोजिम वरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा दाबी गरेको प्रस्ट पारे। उनले सहकार्यका लागि सबै ढोकाहरु खुलै राखेको बताए।

२०५५ सालमा संघको साधारण सदस्यबाट संघमा छिरेका उनी २०७३ सालमा स्वतन्त्र रुपमा लडेर उपाध्यक्ष (उद्योग) तर्फबाट निर्वाचित भएका थिए।

प्रकाशित: ६ भदौ २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =