गोरखामा करेन्ट लागेर दुईजना कामदार घाइते

हिमाल प्रेस ६ भदौ २०८१ १५:२२
10
SHARES
गोरखामा करेन्ट लागेर दुईजना कामदार घाइते

काठमाडौँ- गोरखामा करेन्ट लागेर दुईजना घाइते भएका छन्।  गोरखा नगरपालिका–६ पाटेचौरस्थित चेत नारायण जोशीको निर्माणाधिन घरमा काम गर्ने क्रममा करेन्ट लागेर दुई जना घाइते भएका हुन्।

गोरखा नगरपालिका-९ लक्ष्मीबजारका २४ बर्षीय सुनिल रानामगर र भारत घर भई हाल गोरखा सदरमुकामको पेट्रोल पम्प नजिकै बस्दै आएका २८ बर्षीय अर्मन खान घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई बिहीबार मध्याह्न १२:३० बजे निर्माणाधीन घरमा आल्मुनियमको काम गर्ने क्रममा फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेको हो। उनीहरूमध्ये मगरको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको र खानको एपोलो अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ६ भदौ २०८१ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =