भौतिक पूर्वाधारमन्त्रीको आपत्तिजनक अभिव्यक्ति : त्रिशुलीमा बेपत्ताहरूलाई दिए श्रद्धाञ्जली

हिमाल प्रेस ६ भदौ २०८१ १५:११
26
SHARES
भौतिक पूर्वाधारमन्त्रीको आपत्तिजनक अभिव्यक्ति : त्रिशुलीमा बेपत्ताहरूलाई दिए श्रद्धाञ्जली

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले त्रिशुलीमा बेपत्ता बसका यात्रुका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री दाहालले बसका यात्रुलाई श्रद्धाञ्जली नै दिएका हुन्।

‘उहाँहरू जीवित हुनुहुन्छ भन्ने त छैन| सास नभेटुन्जेल आश हुन्छ, उहाँहरूको परिवार र हामीले आश राख्ने कुरा त भयो तर उहाँहरू अझै बेपत्ता हुनुहुन्छ,’ उनले भने ‘उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र परिवारमा समवेदना दिन चाहन्छु।’

गत असार २८ गते नारायणगढ-मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौँबाट गौर जाँदै गरेको र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए। दुई वटै बस अझै फेला परेका छैनन् भने २५ यात्रुको शव फेला परेको छ। तीमध्ये १९ जनाको मात्रै सनाखत भएको छ। दुर्घटनामा अझै ३७ यात्रु बेपत्ता छन्।

प्रकाशित: ६ भदौ २०८१ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =