परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

हिमाल प्रेस ५ भदौ २०८१ २१:४२
12
SHARES
परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ- भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच आज (बुधबार) भेटवार्ता भएको छ।

भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री डा. राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उनीमार्फत धन्यवाद व्यक्त गरेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।

भ्रमणका क्रममा मन्त्री डा. राणाले यही भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। त्यस्तै सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँगसमेत भेटवार्ता गरेकी थिइन्।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी थिइन्। यो उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो। मन्त्री डा. राणा बिहीबार स्वदेश फर्कनेछिन्।

प्रकाशित: ५ भदौ २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =