काठमाडौँ– नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौँको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ।
बुधबार दिउँसो ब्यूरोको टोलीले संघको कार्यालयमा छापा मारके हाे। छापामारीका त्रममा केही कागजात तथा कम्प्युटरको ‘हार्डडिक्स’ बरामद गरेको मानव बेचबिखन ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन्।
उनेले भने, ‘तीन दिनदेखि संघको कार्यालय बन्द थियो, आज खुलेपछि हाम्रो टोलीले त्यहाँबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हार्डडिक्स बरामद गरी ल्याएका छौँ।’ नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्यूरोले आज छापा मारेको प्रवक्ता मिश्रले बताए।
‘नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचना पाएका छौँ,’ उनले भने, ‘सोही विषयमा छानबिन गर्न आज छापा मारेर संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिएका छौँ।’