धनुषामा ठूलो परिमाणमा भन्सार छलेर ल्याइएका सामान सशस्त्र प्रहरीद्वारा बरामद

हिमाल प्रेस ५ भदौ २०८१ २०:२१
4
SHARES
धनुषामा ठूलो परिमाणमा भन्सार छलेर ल्याइएका सामान सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौँ- सशस्त्र प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएका सामानहरू नियन्त्रणमा लिएको छ। खुला सीमानाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा ल्याइएका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाका प्रहरी उपरीक्षक दर्शन गिरीले भन्सार छलेर चारी तस्करी गरी सामान ल्याउँदै गरेको विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको जानकारी दिए।

बलको जनकपुरधामस्थित हेड क्वार्टर र बेश तथा बिओपीबाट खटिएको टोलीले चेकजाँचका क्रममा सामान नियन्त्रणमा लिएको उनले बताए।

धनुषाको विभिन्न नाकाहुँदै भारतबाट अवैध रूपमा ल्याइएका लत्ताकपडा, किराना सामानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। साथै सामान ढुवानीका लागि प्रयोग गरिएको एउटा अटो र ६ मोटरसाइकलसमेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरूको मूल्य १९ लाख रहेको उपरीक्षक गिरीले जानकारी दिए। बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रकाशित: ५ भदौ २०८१ २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast