नेप्से परिसूचकमा सामान्य अंकको सुधार

हिमाल प्रेस ५ भदौ २०८१ १५:३२
12
SHARES
नेप्से परिसूचकमा सामान्य अंकको सुधार सेयर बजार

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक दुई दशमलव ११ अंकले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो।

बुधबार तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ। कारोबारमा बैंकिङ शून्य दशमलव ५९, विकास बैंक शून्य दशमलव ७२, वित्त चार दशमलव ९९, लगानी शून्य दशमलव १२ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।

होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बीमा शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र लघुवित्त शून्य दशमलव ५४ प्रतिशतले घटेको छ। त्यसैगरी, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६८ र व्यापार समूह दुई दशमलव ०९ प्रतिशतले घटेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार एक सय ३० कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ५ भदौ २०८१ १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =