उडानका लागि मौसम खराब हुँदा पोखराबाट काठमाडौँ उडेको लुम्बिनीमा अवतरण

हिमाल प्रेस ५ भदौ २०८१ १३:४३
40
SHARES
उडानका लागि मौसम खराब हुँदा पोखराबाट काठमाडौँ उडेको लुम्बिनीमा अवतरण फाइल तस्बिर

पोखरा- पोखराबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान खराब मौसमका कारण अवतरण हुन नसकेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीमा अवतरण भएको छ। जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु रहेको बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले बताए।

पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले मौषम खराबीका कारण त्यस्तो भएको हुन सक्ने बताइन्। उनले भनिन्, ‘विमान काठमाडौँमा चेञ्ज ओभर भइसकेको हो। मलाई मौषम खराबीका कारण डाइभर्ट भएको भन्ने लाग्छ। थप जानकारी काठमाडौँमै बुझ्नुहोस्।’

विमानस्थल स्रोतका अनुसार बिहान ७ बजेर २५ मिनेटका लागि उडान तालिका रहेकोमा मौषम खराबीका रोकिएको थियो। पछि सवा ९ बजेमात्र विमान उडेकोमा काठमाडौंको मौषम खराबीका कारण विमान करिब २० मिनेटसम्म आकाशमा घुमेर भैरहवातर्फ डाइभर्ट भएको हो।

बुद्ध एयरले बुधबार बिहान एउटा उडान काठमाडौँका लागि भरिसकेको थियो। तर, ६६४ एयर अटिआर–७२ को जहाजको उडान सफल हुन नसकेको हो।

प्रकाशित: ५ भदौ २०८१ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =