सुनको मूल्य तोलाको एक लाख ५३ हजार

हिमाल प्रेस ५ भदौ २०८१ १०:५१
12
SHARES
सुनको मूल्य तोलाको एक लाख ५३ हजार

काठमाडौँ- आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन एक लाख ५३ हजारमा कारोबार भएको नेपाल महासंघले जनाएको छ।

यस अघि मंगलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रकाशित: ५ भदौ २०८१ १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =