लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा ११, राप्रपा तटस्थ

विनोद परियार ४ भदौ २०८१ १६:३०
36
SHARES
लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा ११, राप्रपा तटस्थ

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। अपराह्न १ बजे बसेको प्रदेश सभाको बैठमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन्।

आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीले प्रदेशसभामा जानकारी दिए।

आचार्यलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्।

लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्य छन्। प्रदेशसभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन्। राप्रपा तटस्थ बसेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सभामा माओवादी केन्द्रको ११ मत रहे पनि यसमध्ये सभामुखले मत दिन मिलेन भने माओवादीका एक सांसद कृष्णा केसी अनुपस्थित भइन्। माओवादीका नौ र एकीकृत समाजवादी र जनमोर्चाका एक एक गरी विपक्षमा ११ मत खसेको प्रदेशसभाले जनाएको छ।

प्रकाशित: ४ भदौ २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =