कौसी थिएटरमा ‘काँचो धागो’ मञ्चन हुँदै

हिमाल प्रेस ४ भदौ २०८१ १६:२४
208
SHARES
कौसी थिएटरमा ‘काँचो धागो’ मञ्चन हुँदै

काठमाडौँ- टेकुस्थित कौसी थिएटरमा आगामी भदौ ६ देखी २९ सम्म नाटक ‘काँचो धागो’ मञ्चन हुने भएको छ। आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा बनेको नाटकका लेखक रंगकर्मी मुक्ति हुन्। यो उनको पहिलो नाटक लेखन हो।

नाटक मानवीय स्वभाव, संवेदना, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग सम्बन्धित छ। यसमा गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटनासँग सम्बन्धित मानव तथा मानवेत्तर पात्रहरूको कथा भए पनि नाटकले नेपालका अधिकांश पहाडी गाउँहरूको वर्तमान अवस्थालाई चित्रण गर्ने प्रयास गरेको निर्माण टिमको दाबी छ।

निर्देशक शर्माले लामो समयपछि नाटकको निर्देशन गरेका छन्। यसअघि उनले साथी-साथी आइदेऊ न’ नाटकको निर्देशन गरेका थिए। ‘साथी-साथी आइदेऊ न’ पछि लगभग २० महिना निर्देशकीय विश्राम भयो। व्यक्तिगत जीवनमा पनि थुप्रै उतारचढाव आए।’ निर्देशक आशान्तले भने। ‘अर्को मौलिक कृति लेख्न नभ्याई रहेको बेलामा मुक्तिले “काँचो धागो”को पहिलो ड्राफ्ट पढ्न दिए। छोयो! आकांक्षा कार्कीको नि आग्रह थियो दाजु नाटक गरौँ न भन्ने। नाटकमा संलग्न सबै कलाकार साथीहरूको उत्साह र हौसलाले बल गर्‍यो र यो ‘काँचो धागो’ नामको नाटक तयार भएको छ।’ नाटकमा शैली रचनाको प्रयास रहेको शर्माले बताए।

आफूले रंगमञ्चको यात्रा तय गरेदेखिनै नाटक लेखनप्रति रुची जागेको लेखक मुक्तिले बताए। ‘मलाई रंगमञ्चमा छिरेदेखि नै नाटक लेख्ने इच्छा जागेको हो। एक हिसाबले अहिले त्यो पूरा भएको छ तर, यो नाटक मेरो भन्दा पनि बढी कथाका पात्रहरूको लागि प्रेरणा बन्नेछ।’ उनले भने।

नाटकमा लेखक मुक्तिका साथै आयुश्मा मगर, सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल ,निष्ठा त्रिपाठी ,पूर्णिमा आचार्य, मिरा खड्का, कविर काफ्का र कृष राईको अभिनय छ।

नाटक मंगलबारबाहेक साताको प्रत्येक दिन साँझ ०५ः१५ बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ। नाटक वोयज प्रालिको प्रस्तुति र कथा घेराको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =