शिक्षक महासंघले बाेलायाे बैठक

हिमाल प्रेस ४ भदौ २०८१ १०:०१
312
SHARES
शिक्षक महासंघले बाेलायाे बैठक नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बैठक बोलाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यही भदौ १३ र १४ गते काठमाडौँमा बैठक बोलाएका हुन्।

उनले राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्यहरू, आवद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरू एवं सल्लाहकारलाई बैठकमा उपस्थितिको लागि अनुरोध गरेका छन्।

साथै आफ्नो संस्थाबाट महासंघमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारी तथा सदस्यलाई उपस्थितिको लागि जानकारी गराउन पनि अध्यक्ष सुवेदीले आग्रह गरेका छन्।

बैठकमा प्रतिनिधिसभाको शिक्षा समिति छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, शिक्षक–कर्मचारीका पेसागत मागमा सरकार र महासंघबीच भएका सहमति कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ४ भदौ २०८१ १०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eight =